के हो त खास कुरा..

Written by

in

गृहमन्त्री सुदन गुरुङले डिएसपीको मोबाइल खोसेको भन्ने कुराको बास्तबिकता के हो आखिर ?

गृहमन्त्री सुदन गुरुङले किन खोसे काँकडभिट्टाका डिएसपीको मोबाइल ?
विराटनगर। गृहमन्त्री सुदन गुरुङ ले झापाको काँकडभिट्टा सीमा र मेची भन्सार कार्यालयको निरीक्षणका क्रममा तस्करीमा प्रहरीको संलग्नता र अवैध रकम असुलीबारे गम्भीर गुनासो आएपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी निशेष चापागाईँ को मोबाइल खोसेर सोधपुछ गरेको स्रोतले जनाएको छ।
अनुगमनका क्रममा एक स्थानीय महिलाले गृहमन्त्रीलाई प्रत्यक्ष भेटेर केही प्रहरीका घुमुवाहरूले मासिक रूपमा अवैध रकम उठाउने र पैसा लिएर सामान ओसारपसार गर्न दिने गरेको भन्दै नामै किटेर उजुरी गरेकी थिइन्।
स्रोतका अनुसार उजुरीपछि गृहमन्त्रीले डिएसपी चापागाईँलाई तत्काल बोलाएर उनको मोबाइल खोसेका थिए। त्यसपछि अवैध असुलीमा संलग्न भनिएका प्रहरी र अन्य व्यक्तिहरूलाई तत्काल आफ्नो अगाडि उपस्थित गराउन निर्देशन दिएका थिए।
यद्यपि, डिएसपी चापागाईँले गृहमन्त्रीले आफ्नो मोबाइल खोसेको दाबी अस्वीकार गरेका छन्। उनले आफू जिल्ला प्रहरी कार्यालय झापा जाँदै गरेको बताए। झापाकी एसपी बसुन्धरा खड्का ले भने गृहमन्त्रीको निर्देशन कार्यक्रम रहेकाले आफ्नै निर्देशनमा डिएसपीलाई जिल्ला प्रहरी कार्यालय पठाइएको जानकारी दिइन्।
डिएसपी चापागाईँ करिब डेढ महिनाअघि मात्रै काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा सरुवा भएर आएका हुन्।
कोशी प्रदेश प्रहरी कार्यालयका डिआइजी विनोद घिमिरे ले घटनाबारे आधिकारिक जानकारी नभए पनि अनुसन्धानबाट गल्ती वा बदमासी पुष्टि भए कानुनअनुसार कारबाही हुने बताए।
यसैबीच, मेची भन्सार कार्यालयमा गृहमन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र भन्सार प्रमुख शिवलाल न्यौपाने लगायतलाई बाहिर राखेर प्रहरी अधिकारीहरूसँग मात्रै छुट्टै छलफल गरेका थिए। भन्सार कार्यालयका एक अधिकृतका अनुसार प्रहरीविरुद्ध गुनासो आएपछि गृहमन्त्रीले तत्काल एक्सन लिएका हुन्।

Screenshot

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts