दुर्व्यवहारको भिडियो सार्वजनिक गर्ने महिलालाई गृहमन्त्रीले भने साहसी

Written by

in

आफु माथि भएको दुर्व्यवहारको भिडियो सार्वजनिक गर्ने ऋतु खनालको साहसको गृहमन्त्री सुदन गुरुङले गरे प्रशंसा। सामाजिक सञ्जाल फेसबुक मार्फत गृहमन्त्री गुरुङले उक्त घटना प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आरोपित ५५ वर्षीय सुरेन्द्र भट्टलाई प्रहरीले पक्राउ गरिसकेको जानकारी दिए।

बैतडीको पाटन नगरपालिका ७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका २ इमाडोल बस्दै आएका भट्ट ललितपुर जिल्ला प्रहरी परिसर मातहतको प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा। भट्टले ललितपुरकी ऋतु खनाल माथि दुर्व्यवहार गरेको आरोप।

गृहमन्त्री सुदन गुरुङले ऋतु खनालले देखाएको साहस प्रति सम्मान व्यक्त गर्दै कुनै पनि महिला वा छोरीचेली माथि हुने यौन दुर्व्यवहार र उत्पीडन सभ्य समाजका लागि अस्वीकार्य रहेको भनाइ।

पीडितले आफ्नो पीडा प्रमाणित गर्न भिडियो सार्वजनिक गर्नु पर्ने अवस्था आउनु आफैमा चिन्ताको विषय भएको गृहमन्त्रीको भनाइ। यौन हिंसाका घटना प्रति कडा भर्त्सना गर्दै पीडितहरूलाई नडराई आवाज उठाउन र यस्ता घटना भए तत्काल नजिकको प्रहरी कार्यालयमा उजुरी दिन समेत गृहमन्त्री गुरुङको आग्रह।

Screenshot

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts