तिम्रो शरीर जल्यो, मेरो मन पनि खरानी भयो ! तिम्रो ढल्यौ मेरो शान पनि तिमी सङ्ग लड्यो ! तिमी नेपाली भएरै होला यति धेरै हण्डर खाएर देह त्याग गर्नु पर्‍यो ! हिजो चुपचाप… मा छाप भन्ने लाइनमा तिमी नि थियौ सायद तर आज तिमी सबै आशा र भरोसा त्यागेर गयौ ! युवाको सपना यति छिटै शीत सरि बिलायो ! कस्लाई के को मतलब छ र यो देश गरीबलाई बाँच्ने अधिकार नभएको प्रमाणित भैसक्दा ! म केही भन्दिन ! भनेर कसैले बुझ्ने पनि होइन ! केही मत्लव पनि छैन ! मान्छेको महत्व नभएको देशमा गरिखाने गरीब बर्ग मरेर जाँदा के नै हुन्छ र ??? सरकारलाई नो मत्लव नो टेन्शन ! तिम्रो छट्पटी र त्यो पीडा अनि जलन म महशुस गर्न सक्छु ! तिम्रो त्यो अचेत शरीरमा परेको पिडा कति भयानक थियो ! तिमी मरेको होइनौ शहिद भएको हौ ! तिम्रो आवाजले बिद्रोह गरेको छ ! जे गर्दा पनि ताली बजाउने जनताको साथ पाएकाहरुलाई अब जनताले छाड्दैछन् भन्ने कुराको संदेश हौ तिमी ! जनताले कसरी दुई छाक जोहो गरिराछन् भन्ने कुरा नबुझ्ने अबुझ सरकारलाई एक लात्ती हान्यौ तिम्ले ! तिम्रो त्यो लात्तीले यो सरकारलाई केही जस्तो नहोला किनकी ठिक्क पर्यो भन्दै रमाउनेको कम छैन तिम्रो देश त्यागको घटनामा पनि ! तिम्लाई हँसी मजाक बनाउनेको कमी छैन ! तिम्रै गल्ति देखाएर सरकारलाई भगवानको दर्जा दिने धेरै छन् ! दोष कस्लाई दिने हो अब तिम्रो जन्मलाई कि तिम्रो कर्मलाई ? तिम्रो त्यागलाई कि तिम्रो आत्म दहलाई ?? कुरा बुझ्न गाह्रो छ ! बिना टाइटलको कथा जस्तो जे नाम दिंदा नि हुने ! पुनर्जन्म हुन्छ कि हुँदैन भयो भने गरीबको कोखमा नजन्मनु ! धनीकै कोखमा जन्मनु अन्यथा भोलि फेरि पेट्रोल छर्केर उहीँ बाटो लिनु पर्नेछ ! त्यो बेला त त्यो पेट्रोल पनि ऋण काडेर लिनु पर्ला ! एक लिटरको १ लाख रुपैयाँ भैराखेको होला त्यो बेला त झन ! अब के गर्नु ? म तिम्रो न्यायको लागि कराउँला, गाली खाउँला ! तिमी अघि गयौ म नि आउँला त्यहिँ अनि वैठक बसेर सल्लाह गरौँला अब के गर्ने भन्ने बारे ! यति भनें अहिलेलाई बिट मार्छु ल !

Written by

in

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More posts